चौतर्फी आलोचना र बिबादित बनेपाछी सरकारले सोमबार ल्याएका दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको बालुवाटार श्रोतले जानकारी दिएको छ ।
सरकारले अध्यादेश जारी गरेपछी प्रधानमन्त्री ओलीलाई नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एबम बरिष्ठ नेता माधव कुमार नेपालले भेटी अध्यादेश फिर्ता लिना दबाब दिएका थिए भने कांग्रेस लगायतका प्रतिपक्षी दलले अध्यादेश फिर्ता नलिए आन्दोलन थाल्ने चेतावनी दिएका थिए ।
अहिलेको सङ्कटको घडिमा पार्टी फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर सरकारले अस्थीरता निम्त्याउन खोजेको भन्दै सरकारको चौतर्फी आलोचना भएपछी सरकार पछाडी हटेको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्पतिले जुनसुकै बखत अध्यादेश खारेज गर्न सक्ने संवैधानिक प्रावधान छ ।








