काठमाडौँ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो असली रुप देखाएको टिप्पणी गर्नुभएको छ । बरिष्ठ नेता पौडेलले अध्यादेशको प्रकृति र त्यसपछिको क्रियाकलाप हेर्दा उहाँले लोकतन्त्र र संविधानलाई निमोठ्न खोजेको बताएका हुन् ।
नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा उहाँले प्रधानमन्त्री ओलीले अक्ष्यम्य अपराध गरेको भन्दै अध्यादेश फिर्ता हुदैमा यो काण्ड अन्त्य नभएको तर्क गर्नुभयो । नेता पौडेललाई प्रतिनिधि सभा निर्वाचनमा पराजित गरेका किसन श्रेष्ठ पनि समाजवादी पार्टीका सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेको छ ।
सर्वत्र विरोधपछि प्रधानमन्त्री ओलीले घुँडा टेक्न बाध्य भएपनि अझै सुध्रिने मानसिकता भने नदेखिएको उहाँले बताउनु भयो । मैले त राम्रो मनासयले नै ल्याएको थिए, तर सर्वत्र विरोध भएकाले फिर्ता गरेको हुँ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँले गल्ती महसुस नगरेको प्रष्ट हुने पौडेलले बताउनु भयो ।
प्रधानमन्त्री ओली र आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाका बीचमा भएको कुराकानीका बारेमा उहाँले अनविज्ञता प्रकट गर्नुभयो ।








