देउवाको गृह गाउपालिकाले १५ सय परिवारलाई वाड्यो राहत



डडेल्धुरा गन्यापधुरा गाउँपालिकाले लक डाउँनका कारण दैनिक छाक टार्नका लागि समस्या भएका १ हजार पाँच सय ८० परिवारलाई राहत वितरण गरेको छ । दैनिक ज्यालादारी गरी जिविको पार्जन गर्ने , गरिव, विपन्न सहित असंगठीत १ हजार पाँच सय ८० सय परिवारलाई तिन चरणमा गरी राहत वितरण गरीएको हो ।

राहतमा ३० किलो चामल,तिन किलो दाल,दुई लिटर तेल,दुइ किलो चिनि ,एक किलो नुन वितरण गरिएको गाउँपालिका अध्यक्ष नवलवहादुर मल्लले वताउँनु भयो ।‘गाउँपालिकामा रहेका ज्यालादारी,विपन्न परिवारका साथै सम्पुर्ण दलित परिवारलाई दुई चरणमा गरी राहत वितरण गरेका छौ ।,उनले भने , ‘ यो मात्रै नभई लक डाउन अवधीभरका लागि कसैको पनि चुलो ननिभोस भन्ने गाउपालिकाको योजना रहेको छ ।’राहत वितरणमा एक्लै गाउपालिका मात्रै नभई जिल्ला स्थीत विभिन्न गैरसरकारी संघ संस्थाका साथै व्यक्तीगत रुपमा पनि राहत पाएकाले सहज भएको समेत अध्यक्ष मल्लले वताउँनु भयो । गन्यापधुरा गाउँपालिकामा जिल्ला स्थीत गैर सरकारी संस्था एकिकृत विकास समाज सहित विभिन्न व्यक्तीहरुले पनि राहत दिएका छन् ।

दैनिक ज्याादारीका साथै विपन्न परिवार लाई राहत दिनका लागि प्रदेश सरकारले दिएको रुपैयाँवाट खरिद गरिएको राहतका साथै विभिन्न संघ संस्थाहरुदले दिएको राहत वितरण गरिएको हो । दैनिक ज्यालादारी गर्न नपाउँदा चुलो निभिरहेका वेला राहत पाएपछि लाभ ग्राहि खुसी भएका छन् ।घरको चुलो निभन थालेका समयमा गाउँपालिकाले राहत दिदा आफुहरुलाई छाक टार्नका लागि सहज भएको लाभ ग्राहिले वताएका छन् ।

गाउँपालिकामा रहेका ५ वटै वडामा रहेका १ हजार पाँच सय ८० परिवारलाई राहत वितरण गरिएको छ ।लक डाउन अवधीभरका लागि राहत दिईने समेत गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : बैशाख १४, २०७७ आईतबार  ९ : ३५ बजे