विना पासका गाडी रोक्न गृहको निर्देशन : विराटनगरबाट काठमाडौं आएकाहरूलाई नागढुंगाबाटै फर्काउने तयारी



विराटनगर महानगरपालिकाले पठाएका काठमाडौंका स्थानीयवासीलाई प्रहरीले नागढुङ्गाबाटै फर्काउने तयारी गरेको छ।उनीहरूलाई फर्काउने तयारी भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बताए।उनका अनुसार काठमाडौंबाट पढ्नका लागि बसेका, अलपत्र परेकालाई काठमाडौं पठाइएको हो।

अहिले उनीहरूलाई नागढुंगामै होल्ड गरी राखिएको छ।विराटनगर महानगरपालिकाको समान्वयमा करिब ८५ जना काठमाडौं आइ पुगेका हुन ।

यसै बिच गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लगाएको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरेको छ ।लकडाउनमा थप कडाइ गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशास न कार्यालयहरूलाई निर्देशन दिएको हो। गृहको परिपत्रलगत्तै प्रहरीले लकडाउन उल्लंघन गर्नेहरुलाई कारबाही थालेको छ ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीकाअनुसार सोमबार मात्रै एक हजार १२४ जना व्यक्ति उपत्यकाबाट कारबाहीमा परेका छन् । यस्तै ६२ वटा सवारीसाधन पनि कारबाहीमा परे ।

प्रकाशित मिति : बैशाख १५, २०७७ सोमबार  ७ : ३९ बजे