पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज सरीफ बिरुद्द पक्राउ पुर्जी



पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज सरीफ बिरुद्द भ्रष्टाचार मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।

स्वास्थ्य उपचारका क्रममा हाल लण्डनमा रहेका सारीफ बिरुद्द पाकिस्तानको राष्ट्रीय जवाबदेही ब्यूरो (एनएबी)ले सार्बजनिक जग्गासग जोडिएको ३४ बर्ष पुरानो केसमा पक्राउ आदेश जारी गरेको हो ।

शरीफलाई उक्त आदेशको सुचना पठाइसकिएको तर उनको तर्फबाट कुनै जवाफ नआएको ब्यूरोका एक अधिकारिलाई उधृत गर्दै अन्तर्‍आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।

७० वर्षीय सरीफ हाल लण्डनमा उपचारारात रहेका छन ।

उनले यस अघी देखीनै भ्रष्टाचार मुद्दा खेपी रहेका छन ।

प्रकाशित मिति : बैशाख १६, २०७७ मंगलबार  ९ : ११ बजे