नेविसंघकी नेतृ रिता रिजाल साईबर क्राइम मुद्धामा गिरफ्तार



प्रहरीले नेविसंघकी नेतृ रिता रिजाललाई साईबर क्राइम मुद्धामा बाराको सिमराबाट गिरफ्तार गरेको छ।

उनले नेपाल प्रहरीका पूर्व महानिरिक्षक सर्वेन्द्र खनालको बारेमा फेसबुक स्टाटस लेखेकोमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

पूर्व आइजीपी सर्वेन्द्र खनाल त अपहरणकारी पो रहेछन भन्ने उनको फेसबुक स्टाटस पछि ग्रुप मेसेन्जरमा विभिन्न माध्यमबाट आएको प्रहरीको बारेको एक तस्विरलाई ग्रुपमा राखे वापत रिजाललाई नियन्त्रणमा लिइएको बताइएको छ ।

यसै बिच उनको गिरफ्तारिलाई लिएर नेविसंघका नेताहरुले आपत्ती जनाएका छन ।

संघका अध्यक्ष राजिब ढुङ्गानाले गिरफ्तारी प्रती आप्पती जनाएका छन् ।रिजाललाई तत्काल विनाशर्त रिहाई गर्न माग गर्दै ढुङगानाले देशभरका विद्यार्थीहरुलाई सडकमा आउने नबनाउन सरकारलाई चेतावनी दिएका छन ।

त्यसै गरी महामन्त्री उर्मिला थपलियाले साइबर क्राइमको निहुमा नेता रिजाललाइ प्रहरीले हिरासतमा लिएको र बोल्न लेख्न पाउने अधिकार खोसिन लागेको बताएकी छिन ।उनले सरकारको यस्तो रबैया स्विकार्य नहुने चेतावनी दिएकी छिन ।

प्रकाशित मिति : बैशाख १६, २०७७ मंगलबार  १० : ०४ बजे