राहत बाँढ्ने क्रममा ललितपुरबाट पक्राउ परेका भ्रष्टाचार बिरोधी सामाजिक अभियानता भनिने ज्ञानेन्द्र शाही रिहा भएका छन् । सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि महानगरीय प्रहरी परिसर ललितपुरले शाहीलाई रिहा गरेको हो ।
न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले मंगलबार शाहीलाई रिहा गर्न माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै रिहा गर्न आदेश दिएको हो ।
सामाजिक अभियान्ता शाही लकडाउन उल्लंघनको आरोपमा वैशाख ९ गते पक्राउ परेका थिए ।








