सत्तारुढ नेकपामा चर्किदै गएको बिबाद अब हस्ताक्षर सङ्कलन सम्म पुगेको छ ।
प्रधानमन्त्री ओलिसग अशन्तुष्ट नेताहरुले दुईमध्ये एक पद नछाडे प्रधानमन्त्री हटाउनेसम्मको तयारीपछि केपी ओली पक्षले बालुवाटारमै सांसदहरुको हस्ताक्षर संकलन शुरु गरेको हो ।
अहिले संसदीय दलमा ओलीको पक्षमा बहुमत जुटाउनेगरि सांसदहरु बालुवाटारमा भेला भएका छन् ।
पछिल्ल केहि दिन देखीनै प्रधानमन्त्री ओलि संसदीय दलमा बहुमत सांसदको समर्थन जुटाउन प्रयासरत रहेका थिए ।
बहुमत जुटाउनको लागि ओलीले सांसद तथा पूर्वमन्त्री महेश बस्नेत, किसन श्रेष्ठ, विजय सुब्बा, नवराज सिलवाललगायतलाई खटाएका छन् । प्राधाअनमन्त्री ओलिको पक्षमा नेकपाका बहुमत सांसद्ले हस्ताक्षर गरिसकेको बताइएको छ ।
ओलि सगा अशन्तुष्ट रहेका बामद्र्ब गौतम ले समेत ओलीलाइ भित्र भित्र सघाइरहेको बुझिएको छ ।गौतमनिकट भनिएका गणेशसिंह ठगुन्ना, राधा ज्ञवाली, दलबहादुर राना, रामवीर मानन्धरलगायत सांसदहरूले हस्ताक्षर गरिसकेका छन् ।
त्यसै गरी पूर्व सभामुख कृष्णबहादुर महराले समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका छन् । पार्टीभित्रैबाट ओलीको राजीनामा माग्ने तयारी भैरहेको अवस्थामा महरा ओलीको पक्षमा उभिएको बालुवाटार स्रोतले जनाएको छ ।
नेकपाका १ सय ७२ जना सांसद् छन् । संसदीय दलमा बहुमत सिद्ध गर्न ८८ सांसदको आवश्यकता पर्छ ।
प्रधानमन्त्री ओलिले समझदारिका लागी राखेका बिभिन्न प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, र प्रवक्ता नारायणकाजी श्रेष्ठले नमानेपछि विवाद झनै बढेको बताइएको छ ।








