नेकपामा रडाको : प्रचण्ड र नेपाल समूहले पनि शुरु गर्‍यो हस्ताक्षर संकलन



प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसद्‌हरुले आफ्नो पक्षमा बहुमत देखाउन हस्ताक्षर सुरु गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद्‌हरुले पनि हस्ताक्षर संकलन सुरु गरेका छन्।

सचिवालय बैठक बस्नुअघि आ–आफ्नो पक्षमा बहुमत देखाउन गुटका नेताहरु सक्रिय भएका हुन्।

प्रधानमन्त्री ओलिसग अशन्तुष्ट नेताहरुले दुईमध्ये एक पद नछाडे प्रधानमन्त्री हटाउनेसम्मको तयारीपछि केपी ओली पक्षले बालुवाटारमै सांसदहरुको हस्ताक्षर संकलन शुरु गरेको थियो ।

ओलिले शुरु गरेको हस्ताक्षर संकलनमा बहुमत पुगिसकेको समेत बालुवाटार श्रोतले दाबी गरेसगै प्रचण्ड र माधब नेपाल समुहले पनि आफ्ना  सांसद्‌हरु जोगाउन तत्काल हस्ताक्षर संकलन शुरु गरेको बताइएको छ ।

सचिवालय बैठक बेलुका बस्दै छ।

नेकपाभित्रको बिबाद चर्किदै गएपछी अहिले बिकसित राजनितिक घटनाक्रमहरुले सबैको ध्यान तानिरहेका छन ।

नेकपाका दुबै समुहले हस्ताक्षर सङ्कलन शुरु गरेपछी सांसद्‌हरु भने तानातानमा परेका छन ।

आज सझ ५ बजे नेकपाको सचिबालय बैठक बोलाईएको छ ।

सचिबालय बैठक बस्ने तय भएपनी राजनितिक सङ्कट कायमै

यसैबिच नेकपाका सचिबालय बैठक आज बस्ने तय भए पनि उक्त दलको आन्तरिक किचलो भने बढिरहेको छ ।

बैठक टारेर असन्तुष्टहरुलाई गलाउने रणनितिमा लागेका प्रधानमन्त्री ओलि हिजो बालुवाटारमा अर्का अध्यक्ष प्रचण्डसगको भेट पछी बैठक बोलाउन सहमत भएका हुन ।

सचिबालय बैठक बोलाईएपनी असन्तुष्ट नेताहरु प्रधानमन्त्री ओलिसग सतर्क बनेका छन ।

बैठकबाट पनी समझदारी कायम हुन नसके गतिरोध लम्बिदै गर्दा मन्त्रीमण्डल पुनर्गठन गरेर नयाँ मन्त्री बनाउने लगायतका विभिन्न आश्वासन दिएर प्रचण्ड–माधव पक्षका सांसदलाई आफूतिर तान्ने कसरतमा प्रधानमन्त्री ओली रहेको नेकपाका एक नेताले बताए ।

संसदीय दलमा आफ्नो पक्षमा सांसदहरूको संख्या बढाउने र आगामी दिनमा आउन सक्ने हर परीस्थितिमा आफुलाई सुरक्षित बनाउने गरी कानुनी, कुटनितिक र राजनितिक छलफल गर्दै अशन्तुष्ट नेताहरुलाई पेलरै जाने रणनितिमा प्रधानमन्त्री ओलि उत्रीएका छन ।

प्रचण्ड र माधब नेपाल एक ठाउमाअ उभिएपछी पार्टी भित्र बहुमत गुमाएका ओलि बैठक बोलाए आफूविरुद्धकै निर्णय आउनसक्ने देखेर बैठक बोलाउननै आनाकानी गरिरहेका थिए । ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पद छाड्न पार्टीभित्र चर्को दबाब छ ।

अहिले नेकपाका नेताहरु आ-आफ्नो पक्षमा सांसदहरूको संख्या बढाउने रणनितिमा लागेका छन । प्रधानमन्त्री ओलीलाइ अध्यक्ष र प्रधानमन्त्री दुबै पद दुबै नछोडे एक पद भएपनी छोडाउन प्रचण्ड र माधब नेपाल पक्षधर नेताहरु कम्मर कसेर लागेका छन ।

नेकपाको आजको सचिबालय बैठकले पार्टी स्थायी कमिटिको बैठक तोक्ने सम्भाबना रहेको बताइएको छ ।

 

प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार  ९ : ४० बजे