बलिउड अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।
उनलाई एक्कासी स्वास्थमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो ।
उनलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो ।
यसाघी उनले अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएका थिए ।
बलिउडका महानायक अभिताभ बच्चनले उनको मृत्युबारे लेखेका छन्, ‘म पूर्ण रुपमा टुटिसकेको छु ।’
तेस्तै बलिउडका अन्य कलाकारहरुले पनि उनको मृत्यु भएकोमा दुख ब्यक्त गरेका छन ।










