यसपटकको डीभीको नतिजा ढिलो आउने



विश्वभर फैलिएको कोरोना महामारीको कारण अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम छनौट नतिजा पछाडी सारेको छ। शनिबार नेपालस्थित अमेरिकी दूतावासले एक सुचना जारी गर्दै उक्त छनौट कार्यक्रम पछाडी सारिएको जानकारी दिएको छ।

दूतावासले आगामी मे ५ तारिखमा हुने छनौट कार्यक्रम कोरोनाको कारण आगामी जुन ६ तारिखलाई सारिएको जनाएको छ। छनौटमा हुने उक्त ढिलाईले अक्टोबर १ तारिखमा हुने अन्तवार्तामा कुनै असर नपर्ने पनि दूतावासले सुचनामा बताएको छ

प्रकाशित मिति : बैशाख २०, २०७७ शनिबार  १ : ४७ बजे