प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा कडाइ गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन्।
तेस्तै भारतसँगको सीमामा आवातजावत पनि पुर्ण कडाइका साथ रोक्न पनि प्रधानमन्त्री ओलिले निर्देशन दिएका छन ।
आइतबारको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउनका कारण नै कोरोना नियन्त्रणमा रहेको उल्लेख गर्दै लकडाउन अझै कडा पार्न निर्देशन दिएका हुन ।
“सीमाना र आवतजावतमा कडाइ गरेर शून्यमा झार्नू,” प्रधानमन्त्रीको निर्देशन थियो ।
अहिले नाकाहरूबाट लुकिछिपी मान्छेहरू आइरहेका छन् भन्ने कुरा आएको भन्दै प्रधानमन्त्रीले लक्डाउन कडा बनाउदै सिमामा हुने आवतजावत रोक्न निर्देशन दिएको बालुवाटार श्रोतले बतायो ।








