लकडाउन अझै कडा बनाउन प्रधानमन्त्रीको निर्देशन



प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा कडाइ गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन्।

तेस्तै भारतसँगको सीमामा आवातजावत पनि पुर्ण कडाइका साथ रोक्न पनि प्रधानमन्त्री ओलिले निर्देशन दिएका छन ।

आइतबारको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउनका कारण नै कोरोना नियन्त्रणमा रहेको उल्लेख गर्दै लकडाउन अझै कडा पार्न निर्देशन दिएका हुन ।

“सीमाना र आवतजावतमा कडाइ गरेर शून्यमा झार्नू,” प्रधानमन्त्रीको निर्देशन थियो ।

अहिले नाकाहरूबाट लुकिछिपी मान्छेहरू आइरहेका छन् भन्ने कुरा आएको भन्दै प्रधानमन्त्रीले लक्डाउन कडा बनाउदै सिमामा हुने आवतजावत रोक्न निर्देशन दिएको बालुवाटार श्रोतले बतायो ।

प्रकाशित मिति : बैशाख २१, २०७७ आइतबार  ८ : ४६ बजे