भारतमा रहेका नेपालिहरुलाई नेपाल जाने प्रयास नगर्न दिल्लीस्थित नेपाली दुताबासले अपिल गरेको छ ।
आज एक बिज्ञप्ती जारी गर्दै दुताबासले भारतमा रहेका सबैलाई अहिले रहेकै स्थानमा सुरक्षित रहन आग्रह गरेको हो ।
दुताबासले भ्रमपूर्ण सुचनाहरुका पछी नलाग्न पनि सबैलाई सचेत गराएको छ ।
कसैलाई केहि समस्या आइपरे दुताबासको हटलाईन टेलोफोनमा सम्पर्क गर्न पनि दुताबासले भनेको छ ।
अध्ययन तथा रोजगारिको सिलशिलामा आझै लाखौ नेपालिहरु भारतमा रहेका र उनिहरुमध्य धेरै समस्यामा रहेकाले उनिहरु नेपाल आउन चाहिरहेको समाचारहरु सार्बजनिक भइरहेको बेला दिल्लिस्थित नेपाली दुताबासले यस्तो आग्रह गरेको हो ।