क्वारेन्टाइनमा टिकटक भिडियो बनाउनेविरुद्ध ऊजुरी



काठमाडौं । भारतमा रेड जोनभित्र वर्गीकृत गरिएको भद्रक जिल्लाको तिहिडीमा बनाइएको क्वारेन्टाइन सेन्टरमा बस्ने सात व्यक्तिविरुद्ध स्थनीय सरपञ्च स्वर्णमय जेनाले ऊजुरी दर्ता गरेको छ ।

यी मानिसहरुले सामाजिक दुरीको नियम पालना नगरी टिकटक भिडियो बनाएका थिए ।

यो भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ र स्थानीय समाचार च्यानलमा पनि यसको चर्चा भइरहेको छ ।

भिडियोमा यी सात व्यक्तिहरुलाई नाचिरहेको र रमाइलो गरिरहेको देख्न सकिन्छ ।

स्थानीय थानाका अधिकारी रमेश सिंहले बीबीसीसँगको कुराकानीमा एफआरआईपछि घटनाबारे अनुसन्धान थालिएको जानकारी दिए ।

प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार  १ : ५८ बजे