लकडाउन जनतालाई मात्र हो कि नेतालाई पनि ? राम कुमारी झाँक्री



सत्तारुढ नेकपा नेत्री रामकुमारी झाक्रीले लकडाउन सडकमा र सर्वसाधारण जनतालाई मात्र हो कि सिंहदरवारमा आउजाउ गर्नेलाई पनि हो भन्दै लकडाउनले जनतालाई मात्रै सास्ती दिएको तर सिंहदरवार आउजाउ गर्नेलाई छुट भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन ।

सिंहदरवारमा निर्वाध समितीका बैठक र आउजाउ चलेकोप्रती सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रीया ब्यक्त गर्दै झाक्रीले यस्तै हो भने लकडाउन सर्वसाधारण जनतालाई मात्र हो भन्ने पुष्टी हुने उल्लेख गरेकी छिन ।

यसैबिच सरकारले गरेको लकडाउनप्रती पछिल्लो समय नागरिकस्तरमा संसय पैदा हुन थालेको छ ।

कतिपयले लकडाउनलाई नेकपाभित्रको राजनितिक बिबाद र पछिल्ला राजनितिक घटनाक्रमहरुसग समेत जोडेर टिप्पणी गर्न थालेका छन ।

लकडाउन मात्रै बढाउने तर कोरोना नियन्त्रणका लागी अत्यावश्यक परिक्षण नबढाएकोमा सरकारको आलोचना भइरहेको छ ।

सङ्क्रमण रोकथामका लागी सरकारले लकडाउनलाई मात्रै प्राथमिकता दिएको सरकारमाथी आरोप लागेको छ ।

बिभिन्न क्षेत्रका बिज्ञ एबम जानकारहरुले सङ्क्रमणको जोखिम कम भएका ठाउहरुमा लकडाउन खुकुलो गर्दै जानुपर्ने सरकारलाई सुझाब दिइरहेका छन ।

लकडाउनका कारण आमनागरिकहरुको रोजगारी गुमिरहेको र अर्थतन्त्रमा परेको नकारात्मक असरप्रती पनि सरकारले उत्तिकै ध्यान दिन जरुरी रहेको उनिहरुको भनाइ छ ।

भारतसगको सिमानामा अझै कडाइ गर्नुपर्ने र देश भित्र अवस्था र परिस्थिती हेरेर लकडाउन क्रमश: खुकुलो बनाउदै लानुपर्ने उनिहरुको मत छ ।

देशमा पर्याप्त मात्रामा परिक्षण हुन नसकेकोमा कतिपय स्वास्थ्य क्षेत्रका बिज्ञहरुले चिन्ता प्रकट गरिरहेका छन भने पछिल्लो समय आवाश्यक परिक्षणका लागी देशैभर परिक्षण किटको अभाब भइरहेकोले परिक्षण नै रोकिएका समाचारहरु सार्बजनिक भइरहेका छन ।

यस्तो सङ्कटका बेला समेत सङ्कट टार्ने तयारी भन्दा आन्तरिक किचलो र खिचातानिमा सरकारको ध्यान जानु दुखद भएको धेरैको टिप्पणी छ ।

सरकार नागरिकहरुको स्वास्थ्य र सुरक्षामा भन्दा बिभाजनमुखी कुर्सी केन्दृत राजनितिमा तल्लिन रहेको नागरिकहरुको समेत गुनासो बढ्दै गएको छ ।

प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार  ११ : ३४ बजे