नेपाली कांग्रेसले देशको अर्थतन्त्रमा कोरोनाले पारेको असर बारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न अर्थतन्त्र केन्द्रित बिशेष समिति समिती गठन गरेको छ ।गत बैशाख १७ मा सम्पन्न कांग्रेस केन्द्रीय समितिको बैठकले देशको विविध क्षेत्रमा कोरोनाले पारेको असर बारे अध्ययन गर्न समितिहरु बनाउने निर्णय गरेको थियो ।
विगतमा अर्थ मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी सम्हाली सकेका संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरिरहेका र राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर विगतमा नेतृत्व गरिसकेका ब्यक्तिहारउ रहने गरि समिति गठन गरिएको नेपाली कांग्रेसले बिज्ञप्ती मार्फत जनाएको छ ।
समितिले तत्कालीन रुपमा अत्यावश्यक राहत बारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकता बारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्र बारे दुरगामी दृष्टिकोण निर्माण गर्ने र समितिको अध्ययन, विश्लेषण र अभिमतका आधारमा नेपाली कांग्रेसले आफ्नो अवधारणा र भुमिकालाई थप परिस्कृत एवं थप प्रभावकारी बनाउने बिज्ञप्तिमा जनाइएको छ ।
आजै नेपाली कांग्रेसले गठन गरेको छाया सरकारले आगामी आर्थिक वर्ष ०७७७८ को नीति, कार्यक्रम र बजेटसम्वन्धी पार्टी कार्यालय सानेपामा उद्योग, वाणिज्यलगायत सम्बन्धित क्षेत्रका छाता संस्थाहरूको नेतृत्वसँग अन्तर्क्रिया गरेको थियो ।
कांग्रेसले गठन गरेको अर्थतन्त्र केन्द्रित बिशेष समिति-
१, संयोजक — डा . रामशरण महत
२, सदस्य — श्री महेश आचार्य
३, सदस्य — श्री ज्ञानेन्द्रबहादुर कार्की
४, सदस्य — डा . नारायण खड्का
५, सदस्य — डा . मिनेन्द्र रिजाल
६,, सदस्य — श्री चिनकाजी श्रेष्ठ
७, सदस्य — श्री दिपकुमार उपाध्याय
८, सदस्य — श्री भरत शाह
९, सदस्य — श्री उदय शमशेर राणा
१०, सदस्य — डा . पृथ्वीराज लिगल
११, सदस्य — डा . शंकर शर्मा
१२, सदस्य — डा . जगदीशचन्द्र पोख्रेल
१३, सदस्य — डा . गोविन्द पोख्रेल
१४, सदस्य — डा . स्वर्णिम वाग्ले








