दुई तिहाइको सरकारबाट दुई कौडीको पनि काम भएन : राजेन्द्र महतो



नबा गठित जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको सरकारले दुई कौडीको काम पनि नगरेको आरोप लगाएका छन ।

आजबाट शुरु भएको प्रतिनिधि सभामा बोल्दै उनल्र सरकारको काम गाराइ लाजलाग्दो भएको दाबी गरेकाअ हुन ।

उनले सरकार हुकुमी शैलीमा चलेको भन्दै क्षमतानै नभएको आरोप लगाए ।

सरकारप्रति आक्रोशित बनेका महतोले सरकारलाई पार्टी फुटाउने र कुर्सी जोगाउने भन्दा अरु कुनै कुरामा ध्यान नभएको आरोप लगाए ।

देशमा यत्रो भयाबहा समस्या आउँदा समेत सरकार पार्टी फुटाउने र कुर्सी जोगाउने खेलमा लागेर राष्ट्रघात गरेको उनले दाबी गरे ।

प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार  ११ : ५३ बजे