काेराेना महामारीका कारण महिनाैँ लकडाउनमा बस्नु पर्दा सर्वसाधारणकाे जीवन कष्टकर बन्दै गइरहेकाे छ । सामान्य मान्छेकाे दैनिक गुजारामा समस्या परेकाे छ । लकडाउनका कारण कतिपयकाे चुलाे नै ठप्प हुने अवस्थामा रहेकाे छ । सरकारी राहत पीडित सबैसम्म सहजै पुग्न सकिराखेकाे छैन ।
यस अप्ठ्याराे परिस्थितिमा काठमाडाैँ उपत्यकामा समस्यामा परेका बझाङ्गी दिदीबहिनी तथा दाजुभाइहरुलाई नेपाली काङ्ग्रेस बझाङ-काठमाडाैँ सम्पर्क समितिले सहयाेग गरेकाे छ ।
बझाङबाट पढाइ, राेजगारी, उपचार तथा अन्य सिलसिलामा राजधानी उपत्यका अाई अस्थाइ बसाेबास गरिरहेका विद्यार्थी, मजदुर, निम्न अाय भएका व्यक्ति, बिरामी एवम् कुरुवाहरु जाे लामाे समयकाे लकडाउनका कारण समस्यामा परेका छन्, तिनीहरुकाे खाेजी गरी नेपाली काङ्ग्रेस बझाङ-काठमाडाैँ सम्पर्क समितिले डेरासम्मै रातह सामग्री पुर्याएकाे छ ।
नेपाली काङ्ग्रेस बझाङका सबै अग्रज नेता तथा कार्यकर्ताहरुकाे साथ र सहयाेगबाट सम्भव भएकाे उक्त राहत कार्यक्रम अन्तर्गत काठमाडाैँ, भक्तपुर, ललिलतपुर र कीर्तिपुरमा गरी जम्मा ८७७ जनालाई राहत सामग्री उपलब्ध गराइ सकिएकाे र समस्यामा परेका बाँकी छुटपिट बझाङ्गीहरुकाे पहिचान गरी यथाशिघ्र राहत उपलब्ध गराउन आफूहरु लागिपरेकाे जानकारी सम्पर्क समितिका अध्यक्ष शमशेर कुमार बमले दिए ।










