मलेसियामा थप ३४ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएपछी मलेसियामा सङ्क्रमित हुने नेपालिको सङ्ख्या ५४ पुगेको छ ।
सङ्क्रमित सबै जना पुरुष रहेका छन् ।
सङ्क्रमितमध्ये तीन जना निको भएका छन् भने ५१ जनाको उपचार भइरहेको मलेसियामा रहेको नेपाली दूतावासका जनसम्पर्क अधिकृत टेकबहादुर बुढाले जानकारी दिए ।
मलेसियामा अहिलेसम्म ६ हजार ६५६ जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये ५ हजार २५ जना निको भएका छन् भने १५ सय २३ जनाको उपचार भइरहेको छ । अहिलेसम्म १०८ जनाको कोरोनाका कारण ज्यान गएको छ ।
यस्तै मलेसियामा कोरोना सङ्क्रमण रोकथामका लागि जारी गरेको आवागमन नियन्त्रण आदेश(लकडाउन) चार हप्ता थपिएको छ ।
कोरोना भाइरसको सङ्क्रमण र लकडाउनका कारण मलेसियामा रहेका धेरै नेपालिले रोजगारी गुमाउने ठानिएको छ ।