नेपाली भूमि अतिक्रमणविरुद्ध माइतिघरमा प्रदर्शन, थुप्रै प्रदर्शनकारी पक्राउ



भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा प्रदर्शन गर्नेहारुलाई सोमबार माईतीघर र बाबाहरमहल क्षेत्रबाटबाट पक्राउ परेका छन । सीमा बचाउ अभियान नेपालली गरेको प्रदर्शनमा सहभागी युवा तथा विद्यार्थीहरु पक्राउ परेका हुन ।

प्रदर्शनकारिहरुले लिम्पियाधुरा र लिपुलेक बचाउन माग गर्दै नाराबाजी गरेका थिए ।

प्रदर्शनका सहभागीले प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतलासमेत जलाएका थिए।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो। लकडाउनको पालना नगरेको आरोपमा पक्राउ गरेको प्रहरिले  जनाएको छ ।

भारतले नेपाली भुमिमा सडक खानेर उद्घाटन समेत गरे यता दिनहु प्रदर्शनहरु भइरहेका छन ।

 

प्रकाशित मिति : बैशाख २९, २०७७ सोमबार  ८ : ०४ बजे