नेपालको भुमि लिपुलेकमा भारतले अतिक्रमण गरेर एकतर्फी रुपमा सडक निर्माण गरेको भन्दै देश भरी विरोध भईरहेका वेला डडेलधुरामा पनि वुधवार वेलुकी नेविसंघ डडेल्धुराले मसाल जुलुस निकालेको छ । नेविसंघ डडेलधुराका नेता जगत ऐरको नेतृत्वमा जिल्ला सदरमुकाम वागवजारमा मसाल जुलुस निकालेको हो ।
वागवजार वसपार्कवाट निकालिएको मसाल जुलुस वजारको मुख्य चोक भिमदत्त चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै नेपालका प्रधानमन्त्री केपी ओलीका विरुद्धमा नारावाजी समेत गर्नु भएको थियो ।
कोण सभालाई सम्वोधन गर्दै नेविसंघ डडेल्धुराका नेता ऐरले आफ्ना सुरक्षाका लागि ५० जना सम्म सुरक्षा निकाय राख्ने तर सिमाको सुरक्षाका लागि २५ जना मात्रै सुरक्षा कर्मी परिचालन गर्नु वर्तमान सरकारको निकम्मापन भएको आरोप लगाउँनु भएको थियो ।
भिआईपीको सुरक्षाका लागि खटिएका सुरक्षा कर्मीलाई फिर्ता वोलार नेपालको सिमानाकामा पठाउँन पनि नेता ऐरले नेपाल सरकारलाई आग्रह गर्नु भएको थियो । कालापानी देखी करिव १२ किलोमिटरको दुरीमा शसस्त्र प्रहरी विओपी स्थापना गरेर वर्तमान सरकारले नेपाली जनता लाई धोका दिएको समेत उहाले आरोप लगाउँनु भयो ।
प्रहरीको अवरोधका विचमा पनि नेविसंघ डडेल्धुराले मसाल जुलुस निकालेका हुन् । यसैगरी नेपालीको भुमिमा भारतले सडक वनाउँदा सम्म पनि नेपाल सरकारले सडक निर्माण प्रक्रियालाई रोक्नका लागि कुनै पहल नगरेको भन्दै प्रधानमन्त्री ओलीका विरुद्धमा समेत नारावाजी गरेका थिए ।
भारतले एक लौटी रुपमा लिपुलेकमा सडक निर्माण गरेको उदघाटन गरेपश्चात नेविसंघ डडेल्धुराले विरोका कार्यक्रम गर्दै आईरहेको छ ।








