पूर्वराजा ज्ञानेन्द्रले सवारी पास पाए,आजै काठमाडौं फर्किंदै



पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं फर्किने सवारी पास पाएका छन्।

यसअघी जिल्ला प्रशासन कार्यालय झापाले पूर्वराजालाई दिएको पास गृहा मन्त्रालयले बदर गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय झापाले बिहीबार नै जारी गरेको पास गृह मन्त्रालयले निर्देशनपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले पास रद्द गरेका थिए।

आज  पुन: पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं फर्किने सवारी पास पाएका हुन ।

पास पाएपछि उनी बिहान ८ बजे झापाबाट काठमाडौंका लागि हिडेको गरेको झापाका सिडिओ उदय बहादुर रानामगरले जानकारी दिए।

प्रकाशित मिति : जेष्ठ २, २०७७ शुक्रबार  ३ : ४१ बजे