भारतिय अतिक्रमणमा परेको कालिपानीक्षेत्र सहितको नक्सा मन्त्रिपरिषद् बैठकमा पेस गरिदै



भारतिय अतिक्रमणमा परेको कालिपानी , लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नेपालको नक्सा आजै मन्त्रिपरिषद् बैठकमा पेष गरिने भएको छ ।

नापी विभागले तयार पारेको नेपालको नक्सा भूमिसुधार मन्त्री पद्मा अर्यालले मन्त्रिपरिषद् बैठकमा पेस गर्ने तयारी रहेको बालुवाटार श्रोतले जानकारी दिएको छ ।

मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निबास बालुवाटारमा भर्खरै शुरु भएको छ ।

प्रकाशित मिति : जेष्ठ ४, २०७७ आइतबार  १२ : १७ बजे