कोरोनाबाट ३ नेपालीले गुमाए ज्यान, संक्रमितको संख्या ३ सय नाघ्यो



काठमाडौं । नेपालमा कोरोना संक्रमण र सक्रमितको संख्या बढ्दै गैरहेको बेला नेपालीको श्रम गन्तव्य मुलुक साउदीको जेद्दा क्षेत्रमा ३ नेपालीको कोरोनाभाइरस संक्रमणका कारण ज्यान गएको छ ।

साउदी सरकारका अनुसार साउदीको जेद्दा र जजानलगायतका क्षेत्रमा गरी १४८ नेपालीमा कोरोना संक्रमण देखिएको छ । साउदीको सबै क्षेत्रमा गरी ६७४ नेपालीलाई कोरोना सं’क्रम’ण भएको त्यहाँको स्वास्थ्य र विदेश मन्त्रालयले जानकारी दिएका पनि दूतावासले जनाएको छ ।

यता बहराइनमा थप ८६ नेपालीमा कोरोना संक्रमण देखिएको छ । योसँगै बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ३३१ पुगेको त्यहाँस्थित नेपाली दूतवासले जनाएको छ ।

यसअघि बहराइनमा २४५ जना नेपालीमा कोराना संक्रमण देखिएको थियो । संक्रमित सबैको बहराइन सरकारले नै उपचार गरिरहेको छ ।

प्रकाशित मिति : जेष्ठ ५, २०७७ सोमबार  ३ : ४४ बजे