भारतको जम्मू-कश्मीर स्थित श्रीनगरमा सोमवार रात दुइ बजे देखी भारतिय सुरक्षाबल र आतंककारी समुहा बिच भिडन्त चलिरहेको भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।
उक्त इलाकामा मोबाइल र इंटरनेट सेवा समेत पुन: बंद गरिएको बताइएको छ ।जम्मू-कश्मीर पुलिसले अहिले भिडन्त भइरहेको र आगामी जानकारी दिइने जनाएको छ ।
दुइ बर्षपछी यस श्रीनगरमा किसिमको भिडन्त भएकोपनी समाचारहरुमा जनाइएको छ ।
आतंककारी समुहा लुकेको सूचनाका आधारमा पुलिसले राती सर्च अपरेशन शुरू गरेपछी आतंकबादी समुहहरुले फायरिंग शुरू गरे पछी भिडन्त शुरु भएको समाचारमा जनाइएको छ ।
घटनाको थप बिबरण आउन बाकी छ ।
गत आइतबार पनि उक्त क्षेत्रमा भिडन्त भएको थियो भने उक्त भिडन्तका क्रममा एकजना मारिएका थिए ।
पछिल्लो समय भारतको कश्मिर क्षेत्र लगातार अशान्त र तानाबग्रस्त बन्दै गइरहेको छ ।
भारतिय सुरक्षा बलले ११ दिन अघी हिजबुल मुजाहिदीन समुहका प्रमुख रियाज नाइकू लाई मारेको थियो ।
#Encounter has started at #Kanemazar #Nawakadal area of #Srinagar. JKP and CRPF are on the job. Further details shall follow. @JmuKmrPolice
— Kashmir Zone Police (@KashmirPolice) May 18, 2020














