नक्सा पारित हुनु सकारात्मक, भारतिय सेनाले कालापानी छोड्नुपर्छ : कांग्रेस प्रबक्ता शर्मा



भारतले अतिक्रमण गरेको नेपाली भुमी सहितको नयाँ नक्सा पारित गर्ने निर्णयलाई नेपाली कांग्रेसले सकारात्मक भएको बताएको छ ।

सरकारको निर्णयपछी प्रतिक्रीया दिदै कांग्रेस प्रबक्ता बिश्व प्रकाश शर्माले सरकारको निर्णयलाई सकारात्मक र स्वागतयोग्य भनेका छन ।

सामाजिक सञ्जाल ट्विटर मार्फत प्रतिक्रीया दिदै शर्माले भारतिय सेना कालापानीबाट फिर्ता हुनुपर्ने र भारतले अतिक्रमण गरेको पुरै भुभागमा नेपालको पुर्ण हक कायम हुनुपर्ने उल्लेख गरेका छन ।

उनले अब सरकारको वास्तविक परिक्षा प्रारम्भ भएको पनि बताएका छन ।

प्रबक्ता शर्माले दुवै छिमेकीसंग गहन कुटनैतिक पहल शुरु गर्नुपर्नेमा जोड दिदै हाम्रो हातमा नक्सा उनको हातमा जमिन हुनुहुन्न भनेका छन ।

प्रकाशित मिति : जेष्ठ ६, २०७७ मंगलबार  ३ : ३६ बजे