सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०७७०७८ को नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको छ।
नीति तथा कार्यक्रम पारित हुनुअघि सांसदमा छलफल भएको थियो भने छलफलमा उठेका प्रश्नबारे आजै प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसदमा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे।
कांग्रेसलगायत अन्य प्रतिपक्षी दलले भने सरकारले पेस गरेको निती तथा कार्यक्रममाथी संसोधन प्रस्ताब पेस गर्दै प्रस्ताबको बिरोध गरेका थिए ।








