नेपाली कांग्रेसद्वारा ‘रेस्क्यु नेपाली’ एप र ‘वेब एप’ सार्वजनिक



‘संकटमा उद्धार मातृभूमिको कर्तव्य’ उद्घोष साथ नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले  निर्माण गरेको‘रेस्क्यु नेपाली’ एप र ‘वेब एप’   कांग्रेसले सार्वजनिक गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले ट्विटरमार्फत नेपालमा र विभिन्न ३५ देशमा नेपाली जनसम्पर्क समिति संयोजकहरूले एप’ र ‘वेब एप’ सार्वजनिक गरेको कांग्रेसले जनाएको छ ।

नेपालबाहिर विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीहरूको हालको स्थिति विवरण संकलन गर्न र अप्ठ्यारोमा परेर देश फर्कन चाहिरहेका नेपाली नागरिकको विश्वव्यापी रूपमा तथ्यांक संकलन गर्ने उद्देश्यले एप निर्माण गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले बिज्ञप्तिमार्फत जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ ७, २०७७ बुधबार  ११ : २८ बजे