सरकारले सोमबार पारित गरेको नयाँ नक्सालाई लागु गराउन संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची(३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्नुपर्ने हुन्छ ।
सोही अनुसार सरकारले संविधान संशोधन को तयारी थालेको हो ।
प्रतिनिधि सभाको आगामी बैठक जेठ १३ गते बस्ने तयारी छ ।








