संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने मन्त्रिपरिषद्को निर्णय



सरकारले सोमबार पारित गरेको नयाँ नक्सालाई लागु गराउन संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची(३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्नुपर्ने हुन्छ ।

सोही अनुसार सरकारले संविधान संशोधन को तयारी थालेको हो ।

प्रतिनिधि सभाको आगामी बैठक जेठ १३ गते बस्ने तयारी छ ।

प्रकाशित मिति : जेष्ठ ९, २०७७ शुक्रबार  ८ : २९ बजे