पाकिस्तानमा ९९ जना सवार विमान दुर्घटना



पाकिस्तानको कराचीमा आन्तरिक उडानमा रहेको एउटा यात्रुवाहक विमान दुर्घटनामा परेको अधिकारीहरूले बताएका छन्।९१ जना यात्रु र आठजना चालकदलका सदस्य रहेका बताइएको उक्त विमान लाहोरबाट कराचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल तर्फको उडानमा रहेको थियो।

दुर्घटनास्थलमा आपतकालिन उद्धारकर्मीहरू पुगीसकेका बताइएको छ, जहाँ मानिसका घरहरूमा पनि क्षति पुगेको विवरणहरू आएका छन्।

सो विमान दुर्घटनामा परेपछि धुँवाको मुस्लो देखिएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा राखिएका छन्।

“कराचीमा विमान दुर्घटनामा परेको छ। हामी यात्रु सङ्ख्या पुष्टि गर्ने प्रयास गर्दैछौँ तर प्रारम्भिक जानकारी अनुसार विमानमा ९९ जना यात्रु र आठ जना चालकदलका सदस्य रहेका थिए,” पाकिस्तानको उड्डयन प्राधिकरणका प्रवक्ता अब्दुल सत्तारले बताए।

अवतरण गर्ने क्रममा जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ३ /२ किलोमिटर पर रहेको कराचीको एउटा बस्ती, मोडेल कोलोनी नजिकै उक्त विमान दुर्घटनाग्रस्त भएको बताइएकोछ। पाकिस्तान सेनाका अनुसार उस्को दुत प्रतिक्रिया सैन्यका सैनिकहरू राहत तथा उद्धार कार्यमा सघाउन दुर्घटनास्थलमा पुगेका छन्।

कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै सञ्चालनमा आएको थियो

प्रकाशित मिति : जेष्ठ ९, २०७७ शुक्रबार  १२ : ०३ बजे