संसदमा संविधान संशोधन प्रस्ताव पेश



नेपालको संविधानमाथि दोस्रो संशोधन प्रस्ताव संसदमा पेश भएको छ।

आइतबारको प्रतिनिधिसभा बैठकमा कानुनमन्त्री डा शिवमाया तुम्वाहाङ्फेले नेपालको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ पेस गरेकी हुन्।

मन्त्री तुम्वाहाङ्फेले नेपालको वास्तविक सीमाअनुरुपको नक्सा जारी भइसकेको हुनाले संविधानको अनुसूचीमा रहेको निशान छाप पनि सोहीअनुसार मिलाउनका लागि संविधान संशोधन गर्नुपरेको बताएकी थिइन् ।

मन्त्री तुम्बाहाङ्फेले प्रस्ताव प्रस्तुत गर्न मागेको अनुमतिमा विरोधको सूचना नआएकाले सभामुख अग्निप्रसाद सापकोटाले विधेयक पेश गर्न अनुमति दिएका थिए।

यसअघी गत बुधबार संशोधन प्रस्ताव संसद कार्यसूचीबाट हटाइएको थियो।

प्रकाशित मिति : जेष्ठ १८, २०७७ आइतबार  ६ : ०५ बजे