नेकपा सरकार सबैतिर असफल : कांग्रेस नेता सिंह



कांग्रेस नेता एबम सांसद प्रकाशमान सिंहले बर्तमान सरकार सबैतिर असफल भएको दाबी गरेका छन । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले यस्तो दाबी गरेका हुन । सरकार कोरोना नियन्त्रण, परराष्ट्र सम्बन्धमा ठिक बाटोमा नहिँडेको भन्दै सिंहले सरकार राजनीतिक, आर्थिक र कूटनीतिक रुपमा असफल भइसकेको दाबी गरे ।

तेस्तै नेता सिंहले महामारी नियन्त्रणमा नेतृत्व लिनुपर्ने प्रधानमन्त्री केपी ओली सवासथ्य सामाग्री खरिदमा भएको भ्रष्टाचारको ढाकछोप गर्न लागेको आरोप लगाए । स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार ढाकछोप र बचाउ गर्दै सरकारको समय खेर गएको दाबी गरे ।

उनले  कोरोना महामारीमा सेना परिचालन गर्ने सरकारको निर्णयको विरोध गर्दै गृहमन्त्रालय अन्तर्गतको विपद व्यवस्थापन समिति, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभागले कोरोना महामारमिा काम गर्नुपर्ने पनि बताए । राष्ट्रिय सुरक्षामा हुनुपर्ने सेनालाई स्वास्थ्य मन्त्रालयले गर्ने काम दिने कुरा बेठिक भएको उनको भनाइ थियो ।

प्रकाशित मिति : जेष्ठ २५, २०७७ आइतबार  १० : ०७ बजे