नेपाली कांग्रेसले सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ ।आजको कांग्रेस केन्द्रिय समिती बैठकले राजधानी काठ्माण्डौ सहित देशैभरिका सबै जिल्ला कार्यासमिति मार्फत प्रधानमन्त्रीलाई ज्ञपनपत्र बुझाउने निर्णय गरेको हो । कोरोना नियन्त्रण गर्न प्रभाबकारी कदम चाल्न नसकेको सङ्कटको बेला समेत भ्रष्टाचारलाई बढावा दिएको भन्दै सरकारलाई ज्ञपनपत्र बुझाउने निर्णय गरेको नेपाली कांग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेलले जानकारी दिए ।
केन्द्रिय समितिले प्रधानमन्त्रीलाई र सबै जिल्ला समितिहरुले सम्बन्धित जिल्लाका सिडिओ मार्फत सरकारलाई ज्ञपनपत्र बुझाउने निर्णय भएको पनि नेता पौडेलाले बताए ।
तेस्तै बैठकले काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले कोरोना महामारीको रोकथाम र नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय सानेपामा सोमबारको बसेको बैठकले कोरोना रोकथाम र नियन्त्रणमा सरकारको देखाएको अकर्मण्यताका विरुद्ध उत्रिन पार्टीका सबै पंक्तिलाई निर्देशन दिएको छ ।
बैठकले पर्याप्त स्वास्थय सामाग्री आपुर्ति गर्न नसक्नु, आपुर्ति गरिएका स्वास्थ्य सामाग्रीमा व्यापाक भ्रष्टचार हुनु, व्यवस्थित क्वारेन्टिन नहुनु, क्वारेन्टाइनमा रहेकाको कोरोना परीक्षण गर्न किटको अभाव हुनु लगायतले सरकारको असफलता उदांगो गरेको ठहर काँग्रेसले गरेको छ ।
आइसोलेसन सेन्टरसँगै प्रयोगशालाहरुको गुणस्तर र संख्या वृद्धि नहुनु, विदेशबाट आउने मानिसहरुलाई सुरक्षित रुपमा उनीहरुको घर पुग्ने प्रबन्ध गर्न नसक्नु तथा राहत सामाग्रीको वितरण उचित र न्याय पुर्ण नहुनुलाई सरकारको कमजोरीको रुपमा काँग्रेसले औल्याएको छ ।
तेस्तै सोमबारको बैठकले सरकारले सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गरेको छ । बैठक आज दिउसो दुइबजेबाट पार्टी कार्यलय सानेपामा बसेको थियो ।








