नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा।शिवमाया तुम्बाहाङ्फेले पेश गरेको भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर बनाइएको नक्सासहितको निशान छाप संविधानको अनुसूचीमा राख्ने संविधान संशोधन प्रस्तावलाई समर्थन गरेको छ ।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले विधेयकको पक्षमा मतदान गर्नका लागि कांग्रेस केन्द्रीय समिति बैठकले नै निर्णय गरेको भन्दै कांग्रेस संसदीय दल विधेयकको पक्षमा रहेको बताए ।
भारतले लिम्यिाधुरा,लिपुलेक र कालापानीसहितको नक्सा जारी गर्दा कांग्रेसले विरोध गरेको र सो भूमि समेटेर नक्सा जारी गर्न सरकारलाई दबाब दिँदै आएको भन्दै उनले सरकारले ल्याएको विधेयक सकारात्मक रहेको भन्दै समर्थन गरेको बताए ।








