काठमाडौँ । नेपाली काँग्रेसको प्रतिनिधमण्डलले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्ने भएको छ ।
बुधबार विहान १० बजे वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास बालुवाटार जाने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
जेठ २६ गते बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार कोभिड १९ को महामारी नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालिन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन नेपाल सरकारले तत्काल चाल्नु पर्ने कदमका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनेछ ।








