प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई शक्ति केन्द्रित गर्ने चाहना नभएको स्पष्ट पारेका छन् । बुधबार संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने,’अहिलेको सरकारलाई शक्तिकेन्द्रित गर्ने कुनै ख्वाप छैन् । शक्ति कायम राख्ने यसको उद्देश्य होईन् । यसको उद्देश्य त बरु विभिन्न निकायको, अंगहरुको प्रभावकारिताको अभिवृद्धि हो ।
ती निकायहरुको प्रभावकारि परिचालनको विषय हो । त्यसबाट देशमा सुशासन र विकासलाई तिव्र गतिले अघि लान सकियोस् । नेपालका समस्या समाधान गर्न सकियोस । जनताका आकांक्षा पूरा गर्न सकियोस् । जुन निकायहरु प्रधानमन्त्री कार्यालय मातहत रहेका छन्, तीनका काम प्रभावकारी ढंगले अघि बढेका छन् । जुन पहिल्यै थिए । र, अहिले प्रधानमन्त्री कार्यालय मातहत ल्याईएकाको प्रभावकारिता बढेका छन् ।
तेस्तै प्रतिनिधिसभा बैठकमा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले नसोचेको गतिमा कोभिड फैलिएको भन्दै त्यसलाई व्यवस्थित गर्न समस्या भएको बताए । उनले पहिलो संक्रमणको टेष्ट विदेशमा गराएको र आज देशमा २१ वटा परीक्षण स्थल रहेको बताए ।उनले महामारीजस्तो विषय दलीय विषय नभएको बताए । ‘यो मानवीय विषय हो । यो सरकारको मात्र विषय हैन’ उनले भने ।प्रधानमन्त्री ओलीले बजेट कोभिडमै आधारित भएको बताएका छन् ।








