भारत र चीन दुवैले नेपालको स्वाभिमानको सम्मान गर्नुपर्छ : कांग्रेस महामन्त्री डा. कोइराला



कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले भारत र चीन दुवै छिमेकीले नेपालको स्वाभिमानको सम्मान गर्ने विश्वास ब्यक्त गरेका छन ।शनिबार प्रतिनिधिसभा बैठकमा  बोल्दै  महामन्त्री  कोइरालाले भारत र चीन दुवैले नेपालको स्वाभिमानको सम्मान गर्ने विश्वास पनि व्यक्त गर्दै एक अर्काको सम्मानलेनै शान्ती स्थिरता र बिकाश र क्षेत्रीय सम्बृद्दी हासिल हुने बिश्वास ब्यक्त गरेका हुन ।

उत्तर र दक्षिणका दुबै छिमेकीका साथ नेपालले समानताका आधारमा आपसी सम्बन्धको विकासमा ध्यान दिनुपर्ने कोइरालाले बताए । भारतले नेपालको स्वाभिमानको सम्मान गर्नुपर्ने र नेपाल र भारतबीच रहीआएको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक सम्बन्धमा रहेको सहजता र निरन्तरता बिग्रिन दिन नहुनेमा पनि कोइरालाले जोड दिए । नेपालले आफ्नो भूभाग समेटेर नक्सा जारी गर्नु स्वाभाबिक भएको भन्दै कोइरालाले नेपालले नक्सा जारी गर्दा भारतले त्यसलाई अन्यथा लिनुपर्ने कारण नभएको पनि कोइरालाले स्पष्ट पारे ।

नेपालको राष्ट्रियताको पक्षमा सरकार, प्रतिपक्ष,  सबै एकसाथ उभीदा एकताको सकारात्मक सन्देश गएको बताउदै महामन्त्री कोइरालाले राष्ट्रियता मजबुत बनाउन नेपाली कांग्रेसले इतिहास देखिनै महत्वपुर्ण भूमिका खेलेको स्मरण गराए ।कोइरालाले भविष्यमा पनि नेपाली कांग्रेस मजबुत राष्ट्रीयताको पक्षमा उभिने र राष्ट्रीयताको सवालमा कसैसग कुनै सम्झौता नगर्ने स्पष्ट पारे ।

 

 

 

प्रकाशित मिति : जेष्ठ ३१, २०७७ शनिबार  ११ : ४७ बजे