पत्रकारमाथी भएको दुर्व्यवहारप्रति नेपाल प्रेस युनियनको ध्यानाकर्षण



नुवाकोट तारकेश्वर गाउँपालिकाको गाउँसभामा समाचार संकलन गरिरहेका पत्रकारहरुलाई यहि असार १० गते भएको दुर्व्यवहार तथा संचार सामग्री तोडफोडको घटनाप्रति नेपाल प्रेस युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ्। युनुयनका महासचिब अजयबाबु शिवाकोटीले बिज्ञप्ती जारी गरेर विदुर नगरपालिकाको सातौं नगरसभामा नगरप्रमुख स्वयंले संचारकर्मीमाथि दुर्व्यवहार गरेको घटना निन्दनीय भएको बताएका हुन ।

गाउँगाउँमा सिंहदरवार भनिएसँगै स्थानिय तहहरुमा अधिकार र जवाफदेही दुबै बढेको छ। तर अधिकारप्राप्त स्थानिय तहका जनप्रतिनिधीहरुको यस्ता व्यवहार अधिकार पाएका तर जवाफदेहीका कुनै पनि ख्याल नगर्ने मैमत्ता साँढेको झै देखिएको र बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

युनियनले जनप्रतिनिधीहरुलाई संकटको यो समयमा पनि संचारकर्म गरिरहेका संचारकर्मीहरुलाई भयरहित वातावरणमा समाचार संकलन र संप्रेषणमा सहजीकरण गर्न अपिल गर्दै संचारसामग्री तोडफोड भएका संचारकर्मीहरुलाई उचित क्षतिपूर्तीको माग समेत गरेको छ ।

प्रकाशित मिति : असार १४, २०७७ आइतबार  ६ : २५ बजे