राप्रपा सचिवालय सदस्यमा ९ जनाको मनोनयन



राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबमोजिम अध्यक्षत्रयले केन्द्रीय सचिवालय सदस्यमा ९ जनालाई मनोनयन गरेका छन्।

मनोनित हुनेमा नीलकण्ठ काफ्ले (नवलपुर), भक्तिप्रसाद सिटौला (झापा), भरत रायमाझी र इन्द्र चित्रकार (काठमाडौं), राजाराम बर्ताैला (मकवानपुर), बाबुराम बस्नेत (भोजपुर), रामशरण पाठक (चितवन) भरतप्रसाद पाठक (नुवाकोट) र मीना शाही (ललितपुर) भएको पार्टी प्रेस विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित मिति : असार १४, २०७७ आइतबार  २ : १० बजे