नेकपाको स्थायी कमिटी बैठक आजलाई सकियो, भोलि ११ बजे बस्ने



नेकपाको जारी स्थायी कमिटी बैठक आजका लागि सकिएको छ ।

नेताहरु संसद्मा जानुपर्ने भएकाले आजको बैठक छोटो समय बसेर सकिएको बताइएको छ ।

आजको बैठकमा नन्द प्रसाईँ, पेशल खतिवडा, लिलामिण पोखरेल, योगेश भट्टराई र मातृका यादवले बोलेका थिए ।

आज बोल्ने नेताहरुले पनि सरकारको आलोचना गरेको एक नेताले बताए ।

बैठक भोलि ११ बजे बस्ने बताइएको छ ।

प्रकाशित मिति : असार १७, २०७७ बुधबार  ७ : १८ बजे