नेकपाको जारी स्थायी कमिटी बैठक आजका लागि सकिएको छ ।
नेताहरु संसद्मा जानुपर्ने भएकाले आजको बैठक छोटो समय बसेर सकिएको बताइएको छ ।
आजको बैठकमा नन्द प्रसाईँ, पेशल खतिवडा, लिलामिण पोखरेल, योगेश भट्टराई र मातृका यादवले बोलेका थिए ।
आज बोल्ने नेताहरुले पनि सरकारको आलोचना गरेको एक नेताले बताए ।
बैठक भोलि ११ बजे बस्ने बताइएको छ ।








