प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबिनै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ ।११ बजेका लागि बोलाईएको बैठक प्रधानमन्त्री नआएपछि उनीबिनै सवा १२ बजेतिर सुरू भएको हो। प्रधानमन्त्री ओली निर्धारित समयमा नआएपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले बैठक सुरु गरेका हुन् ।
बैठक १२ बजेबाट सुरु भएको छ । बैठक सुरु हुने समयमा नै प्रधानमन्त्री ओली राष्टपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास गएका थिए । शितलनिवासबाट फर्केपछि पनि प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकको तयारीमा लागेको थाहा पाएपछि अर्का अध्यक्ष दाहालले बैठक सुरु गरेका हुन् । अहिले बैठक जारी छ।








