सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले नेकपा भित्रको पछिल्लो गतिरोधका बारेमा छलफल गरेका छन ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल र भेटवार्ता सम्पन्न भएको हो ।
नेकपाका नेता विष्णु रिजालले सामाजिक सञ्जाल ट्विटरमार्फत दुइ नेता बिचको भेटघाटबारे अजानकारी गराएका छन् । ओली र दाहालबीचको भेटघाटमा णेकपाको पछिल्लो अवस्था र पार्टीभित्रको गतिरोध अन्त्यका बारेमा छलफल भएको बुझिएको छ ।
दिउँसो साढे ११ बजेदेखि साढे २ बजेसम्म भएको छलफलले कुनै ठोस निष्कर्ष निस्किन नसकेको र भोलि फेरि अर्को छलफल गर्ने गरी बैठक सकिएको नेकपा श्रोतले बतायो । नेकपा भित्रको बिबादले पार्टीको एकतानै खतरामा पुगेको ठानिएको छ ।नेताहरु आ-आफ्नै अडानमा रहेका छन ।
अध्यक्षद्वय @kpsharmaoli र @cmprachanda बीच बालुवाटारमा भर्खरै सम्पन्न बैठकले तत्कालै निकास निकाल्न नसके पनि पार्टी एकता जोगाउने यस्तै छलफल र कमिटीका आधिकारिक बैठकबाट नै हो । यस काममा एकताको बेलामा झैं @bpaudel1959 र @JSPrabhakar को मिहिनेतले फेरि निर्णायक भूमिका खेल्नेछ ।
— Bishnu Rijal (@bishnurijal1) July 3, 2020










