आजको मौसम : यी स्थानहरुमा मेघगर्जन हुने



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्य देखि पूर्ण बदली रही सुदुर पश्चिम प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भइरहेको जानकारी दिएको छ । महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशभर मनसुनी वायु को प्रभाव रहेको जनाएको छ ।

शनिबार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

त्यस्तै, प्रदेश १, गण्डकी प्रदेश, र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

शनिबार राति भने देशको सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।

प्रकाशित मिति : असार २०, २०७७ शनिबार  २ : १२ बजे