पार्टी फुट्ने चर्चा चलिरहेका बेला नेकपाका दुई अध्यक्षबीच आज पनि बालुवाटारमा भेटवार्ता हुँदैछ ।
भोली सोमबार नेकपाको स्थायी कमिटी बैठक बस्न लागेकाले त्यस अघिनै दुई अध्यक्षबीच सहमतिको अधिकतम प्रयास हुने बताइएको छ ।सहमती हुन नसकेमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आ आफ्नो तयारी गर्दैदुवै पक्ष वार कि पार गरेर जाने गरी तयारीमा जुटेका छन ।
हिजो राति अबेरसँग निकटस्थसँग परामर्श गरेका ओली र प्रचण्ड दुवैले आज विहान पनि छलफल गरेका छन् । ओलीले मन्त्री, सांसद र पार्टी कमिटिमा रहेकाहरुलाई कुन कित्तामा रहने हो स्पष्ट हुन भनिसकेका छन् । योसँगै उनले निकटस्थहरुलाई सक्रिय बनाएका छन् ।
कतिपय नेताहरुले अब नेकपाको एकता भङ्ग भइसकेको बताएका छन भने कतियपय नेताहरु नेकपालाई विभाजनबाट जोगाउन भन्दै केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरिरहेका छन् ।








