सत्तारुढ नेकपाको बिबाद समाधान गर्न अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल बार्तालाई निरन्तरता दिने सहमती सहित सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार भएको वार्तामा असमझदारी बढ्नुका कारणहरु खोज्ने प्रयास भएको ब ताइएको छ ।
सोमबार करिव २ घण्टा ओली र प्रचण्डबीच छलफल भएको थियो ।
शक्ति संघर्षले लगभग विभाजनको विन्दुमा पुगेको नेकपाको बिभाजन टार्न पछिल्लो समय नेताहरुले सक्रीयता देखाइरहेका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा सत्ता नछाड्ने अडानसँगै नेकपामा बिबाद बढन थालेको हो ।
ओलीले पार्टी भित्रका विरोधीलाई थकाउने, गलाउने र फकाउने रणनिती लिएका छन ।
उनले बरु जस्तोसुकै कठोर कदम चाल्ने तर सत्ता नछाड्ने अडान लिएका छन ।








