नेकपा विवाद:सहमती खोज्ने सहमती सहित ओली प्रचण्ड छलफल सकियो



सत्तारुढ नेकपाको बिबाद समाधान गर्न अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल बार्तालाई निरन्तरता दिने सहमती सहित सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार भएको वार्तामा असमझदारी बढ्नुका कारणहरु खोज्ने प्रयास भएको ब ताइएको छ ।

सोमबार करिव २ घण्टा ओली र प्रचण्डबीच छलफल भएको थियो ।

शक्ति संघर्षले लगभग विभाजनको विन्दुमा पुगेको नेकपाको बिभाजन टार्न पछिल्लो समय नेताहरुले सक्रीयता देखाइरहेका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा सत्ता नछाड्ने अडानसँगै नेकपामा बिबाद बढन थालेको हो ।

ओलीले पार्टी भित्रका विरोधीलाई थकाउने, गलाउने र फकाउने रणनिती लिएका छन ।

उनले बरु जस्तोसुकै कठोर कदम चाल्ने तर सत्ता नछाड्ने अडान लिएका छन ।

प्रकाशित मिति : असार २२, २०७७ सोमबार  १० : ०६ बजे