सरिता गिरी पार्टीबाट निष्कासित, सांसद पद पनि गयो



माजवादी पार्टी, नेपालले सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाएको छ ।

आज (मंगलबार) बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरिएको पार्टीका नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

उनका अनुसार पदाधिकारी बैठकमा गिरीलाई सांसद पदबाट हटाइएको जानकारी निर्वाचन आयोग र संसद सचिवालयलाई दिने निर्णय भएको छ ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

प्रकाशित मिति : असार २३, २०७७ मंगलबार  ११ : २३ बजे